जनप्रतिनिधीसँग नेपालीलाइनेन: भेटघाट, छलफल, भलाकुसारी, र चियापान

जनप्रतिनिधीसँग नेपालीलाइनेन: भेटघाट, छलफल, भलाकुसारी, र चियापान

About the event

हेलसिन्कीमा सफलतापूर्वक सम्पन्न भएको 'जनप्रतिनिधिसँग नेपालीलाइनेन' को अर्को शृङ्खला अब भान्तामा आयोजना हुँदैछ!यो पटक हामी भान्ताको कोइभुकुलामा भेला हुँदैछौँ, जहाँ तपाईंहरूले नेपाली मूलका नगर तथा क्षेत्रीय परिषद् सदस्य शेखर आचार्य सँग प्रत्यक्ष संवाद गर्न सक्नुहुनेछ। स्थानीय निर्वाचनपछि जनप्रतिनिधिले काम थालेको एक वर्ष पुगेको अवसरमा, उहाँको गत वर्षको कार्यप्रगति र आगामी योजनाबारे हामी विस्तृत छलफल गर्नेछौं।खासगरी भान्ता, केराभा, सिपो, यारभेन्पा र आसपासमा बस्नुहुने सम्पूर्ण नेपाली समुदायलाई लक्षित गरी यो अन्तरक्रिया आयोजना गरिएको हो। कार्यक्रममा यहाँहरूले आफ्ना समस्या, सल्लाह, सुझाव र प्रश्नहरू सिधै जनप्रतिनिधि सामु राख्न सक्नुहुनेछ।कार्यक्रमका मुख्य विवरणहरू:📅 मिति: आगामी अगस्ट ७⏰ समय: साँझ ५:०० बजे देखि ७:०० बजे सम्म📍 स्थान: Rasinkatu 4, Koivukylä, Vantaa 🗣️ कार्यक्रमको भाषा: नेपालीकार्यक्रम भान्ताका स्थानीय नेपालीहरू र नेपालीलाइनेनको संयुक्त आयोजनामा हुन लागेको हो। सबै सहभागीहरूका लागि चियापानको पनि व्यवस्था गरिएको छ।आउनुहोस्, सँगै बसौं, चिया पिउँदै आफ्ना कुरा राखौं! यहाँहरूको उपस्थितिका लागि हार्दिक स्वागत छ।

Found by Somo·See original
Location

Rasinkatu 4, 01360 Vantaa, Suomi

Get directions

This week in Sverige